नेपालमा आज १ सय ३० जनाले कोरोनालाई जितेर घर फर्किए

स्वास्थ

काठमाडौं, साउन २१ । नेपालमा आज १ सय ३० जनाले कोरोनालाई जितेर घर फर्किएका छ । योसँगै नेपालमा अहिलेसम्म १५ हजार १ सय ५६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिँदै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको बताए । यसैबिच पछिल्ला दिनमा काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यकामा महामारीकै रुप लिएको जनस्वास्थ्य विज्ञको दाबी छ ।

सरकारले लकडाउन केही पारे लगत्तै तराई तथा भारतका विभिन्न स्थानहरुबाट कोरोना संक्रमितहरु नै काठमाडौँ उपत्यका प्रवेश गरिरहेका कारण काठमाडौँमा दिनकै ५० को हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् । जसका कारण उच्च जनसंख्या रहेको काठमाडौँ जोखिममा परेको छ ।

यसैबिच सरकारले केही दिन यता नाकामै स्वाव संकलन गर्न सुरु गरेको छ भने सवारी पास जाँचमा पनि कडाइ गरेको छ । त्यस्तै पास नभएका सवारी र नाकाबाट लुकेर आउन खोज्नेलाई नाकाबाटै फिर्ता पठाएको छ ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ ।

नागढंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरु भित्रिने गरेकोमा अब भने गृहन्त्रालयले त्यसलाई कडाई गर्ने भएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारवाही गर्दै पास नभएकाहरुलाई फिर्ता नै पठाएको प्रहरीले जनाएको छ ।

उपत्यका भित्रिने नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै नाकामा नै कडाई गरेर स्वाब संकलन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *