भारतमा लक्डााउन मा फसेका नेपाली भन्छन,रोग ले भन्दा पहिला भोक ले मरिन्छ होला।

समाचार

भीमदत्तनगर– कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको लकडाउनले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् ।

बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए ।एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौं । उनले भने साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।

उहाँले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोख्नुभयो । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्‍यौं । भण्डारीले दुखेसो पोख्दै भने दूतावासको फोन उठ्दैन । त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए।

हुलिएर बसेका छौं । बाहिर कोरोनाको संत्रास धेरै छ । उनले भने, अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन । उहाँले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए ।

‘यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ,उनले भने, हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौं । त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिए ।

‘एक्कासी लकडाउन भयो,नेपाल टाढा भएकाले फर्किन सकेनौं,उनले भने,यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *