गंगालाल राष्ट्रिय हृदय रो’ग केन्द्रका १५ जना स्वास्थ्यकर्मी को’रोना पोजेटिभ

स्वास्थ

काठमाडौं। काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रो’ग केन्द्रका १५ जना स्वास्थ्यकर्मी को’रोना पोजेटिभ भएका छन्। बुधबार आएको पीसीआर रिपोर्टमा १० जना सं’क्रमित देखिएका हुन्। सो अस्पतालका वरिष्ठ चिकित्सक डा. रामेश कोइरालाले ट्वीटरमाफर्त बुधबार १० जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्।

उनका अनुसार मंगलबार २ जना कर्मचारी सं’क्रमित भएका थिए भने सोमबार ३ जना कर्मचारी संक्र’मित भएका थिए।

भने कोरोना संक्रमणबाट हिजो एकै दिन ५ जनाको मृत्यु, मानिसहरु सामान्य साबधानी समेत अपनाउन छाडे

काठमाडौँ, २१ साउन । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट आज एकैदिन ५ जनाको मृत्यु भएको छ । मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालमा यति धेरैको मृत्यु अहिलेसम्म कै उच्च हो ।

काठमाडौँमा मृत्यु हुनेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । त्यसै गरि कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर–९ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको भने मृत्यु पश्चात मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । आज थप ३८१ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजा ३९० जना पुगेको छ । कोरोना संक्रमण कम्युनिटीमा फैलिदा समेत सर्बसाधारण भने सामान्य साबधानी समेत नअपनाउन थालेपछि सरकारले मास्क नलगाउनेलाई कारबाहीको घोषणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *