फेसबुकले फेरि किन गर्यो ट्रम्पको पोस्ट डिलिट ?

समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसबारेको एक पोस्ट भ्रमपूर्ण भएको भन्दै फेसबुकले हटाएको छ ।

फक्स न्युजलाई बुधबार दिएको अन्तर्वार्तामा ट्रम्पले बालबालिकालाई कोरोनाले आक्रमण गर्न नसक्ने दाबी गरेका थिए । उनले यस्तो जिकिर गर्दै विद्यालय सञ्चालनमा ल्याउनु पर्ने मत राखेका थिए ।

यस्तो दाबी गरिएको अन्तर्वार्ता ट्रम्पले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका थिए । ट्रम्पको अवैज्ञानिक तर्कको चौतर्फी आलोचना भइरहेका बेला फेसबुकले पोस्ट हटाइदिएको हो ।

ट्रम्पको पोस्टले कोभिड–१९ बारे भ्रम फैलाएकाले हटाएको फेसबुकले जनाएको छ ।

ट्रम्पको फेसबुक पोस्ट हटाइएको यो पहिलो घटना भने होइन । यसअघि पनि पटक पटक फेसबुकले गलत दाबी गरिएका उनका पोस्ट यसैगरी हटाइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *