गगन थापा भन्छन्: चिकित्सक र सुरक्षाकर्मीको तलब काट्ने होइन, बरु हाम्रो तलब काट्नुस्।

समाचार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोना भाइरसको संकटका बेला दिनरात सुरक्षामा खुटिएका चिकित्सक र सुरक्षाकर्मीहरूको तलव नकाट्न सुझाव दिएका छन् ।

बिहीबार थापाले सामाजिक सञ्जालमार्फत सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव काटेर कोषमा राख्न सुझाव दिएका हुन् ।

महासंकटको यो घडीमा हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको तलब भत्ता सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं थापाले भनेका छन् ।

चिकित्सक र सुरक्षाकर्मीहरूको तलव काटेर कोरोना भाइरसको रोकथाम, उपचार तथा राहतका लागि स्थापना गरिएको कोषमा जम्मा गर्न भनेपछि सांसद थापाले तलव नकाट्न सुझाव दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *