बालबालिका भन्छन् ‘हामीलाई पुष्पा आमा नै चाहिन्छ’

समाचार

काठमाडौं। बालगृहमा जिम्मा दिएको बच्चालाई वे’वारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि वि’वादमा आएकी पुष्पा अधिकारीको केयर बालगृहमा रहेका अन्य बालबालिकाको उद्दार गरिएको छ । त्यहाँवाट ११ जना बालबालिकालाई उद्दार गरिएको हो । तर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । जसमा बालगृहका बालबालिकाहरुले आफुहरुलाई सबैभन्दा बढी माया पुष्पाको लाग्ने बताएका छन्।

लाइट नेपाल नामको युट्युव च्यानलका युट्युवरले गरेको प्रश्नमा उनीहरुले आफुहरुलाई पुष्पा आमाको निकै माया लाग्ने गरेको बताएका छन् । सबैभन्दा बढी माया कसको लाग्छ ? भनेर प्रश्न गर्दा उनीहरुले भनेका छन्, पुष्पा आमाको । उनीहरुले बालगृहमा आफुहरुलाई सेवा गर्ने अरु सबैले माया गर्ने पनि बताएका छन् । पुष्पा आमाले पनि आफुहरुलाई निकै माया गर्ने बताए । अर्का युट्युवर भाग्य न्यौपानेले आफुहरुलाई अरु माया गर्ने आमासंग लगिदिने भनेको पनि उनीहरुले बताएका छन् । ‘भाग्य सरले हामीलाई पुष्पा आमाले माया गर्नुभयो भने बस होइन भने म अरु माया गर्ने आमाको घरमा लगिदिन्छु । यो संसारमा अरु पनि माया गर्ने धेरै आमा छन् भन्नु भयो’ उनीहरुले एकै श्वरमा भनेको भिडियोमा सुन्न सकिन्छ।

बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो । उनले चार वर्ष अघि देखि आफ्नै घरमा बालबालिकालाई संरक्षण दिँदै आएकी थिइन् । एक वर्ष यत यस्तै युट्युवरहरुको सहयोगवाट रकम पनि संकलन भएको थियो। उनलाई बच्चा देखाएर पैसा उठाउने धन्दा गर्न लागेको आरोप लागेको छ।

तर उनले विदेशमा ब’लात्कृ’त भएर गर्भवती अवस्थामा आएकी महिलार्ला सामाजिक लाञ्छनावाट बचाउन आफुले यस्तो गरेको बताएकी छन्। वच्चा बेवारिसे फेला परेको भन्दै भिडियो सार्वजनिक भएपछि बच्चाको आमाले आफ्नो सन्तान पनि फिर्ता लिएर गएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *