इसाई धर्म अपनाए को’रोना लाग्दैन भन्ने को’रोना सं’क्रमित पादरीलाई जे’ल स’जाय !

समाचार

बीबीसी। म्यान्मारमा को’रोना भा’इरससम्बन्धी नियम तो’डेको अभियोगमा एक पादरीलाई तीन महिना कै’द स’जाय सुनाइएको छ। डेभिड ला नाम गरेका क्यानेडियन पादरीलाई इसाई धर्म लिने मानिसलाई कोरोनाले केही गर्न सक्दैन भन्दै भ्र’म फैलाएको क’सुरमा अदालतले स’जाय ताेकेकाे हाे। उनी आफैं भने कोरोना सं’क्रमित हुन्।

बिहीबार म्यान्मारको एक अदालतले उनलाई कोरोनावि’रुद्ध लागू नियम उल्लंघन गरेकाे कसुरमा उनलाई ३ महिना कै’द स’जाय सुनाएको हो। ती पादरीले यन्गुनमा आयोजित इसाई धर्मावलम्बीको ठूलो सभामा सम्बोधन गरेका थिए। ४३ वर्षीय उनको जन्म म्यान्मारमै भएको हो। तर उनी क्यानडा गएका थिए।

उनले गत अप्रिलमा उक्त धार्मिक सभा आयोजना गरेको थिए, जतिबेला म्यान्मार सरकारले भि’ड गर्न पूरै प्रतिबन्ध लगाएको थियो। साेही सभाका कारण उनलाई र उनका २० समर्थकलाई कोरोना सं’क्रमण भएको थियाे। उनले आफ्नो भाषणमा भनेका थिए, ‘यदि तपाईंको हृदयमा यशु ख्रिस्टले बास गर्नुहुन्छ भने तपाईंलाई कहिले कोरोना लाग्दैन।’ उनको यो भाषण सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार म्यान्मारामा अहिलेसम्म ३५७ जनालाई कोरोना सं’क्रमण भएको पुष्टि भएको छ। तीमध्ये ६ जनाको मृ’त्यु भएको छ। तस्बिर : ईपीएबाट

यो अर्को समाचार
लन्डन — कोरोना भाइरस संक्रमित जटिलतामा जाने सम्भाव्य कारकमा मोटोपनाको उच्च दर मानिएको छ, जसले टाइप टु डाइबेटिज (मधुमेह) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरू बताउँछन् । मोटोपनाका कारण कोभिड सुधार (रिकभर) हुने सम्भावना कम हुने चिकित्सकहरूको बुझाइ छ ।

बेलायत सरकारले आउँदो शरद ऋतुमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुने आकलन गर्दै देशभर मोटोपना घटाउने अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसबाट टाइप २ मधुमेहजस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने अधिकारीहरूको विश्वास छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू कोरोना भाइरसबाट संक्रमित भएपछि सघन उपचार आवश्यक पर्नुको कारण मोटोपना भएको जनाएका थिए । त्यसैले पनि प्रधानमन्त्रीको कार्यालयले ‘मोटोपनाविरुद्धको लडाइँ’ नामकरण गरिएको अभियानमा प्रधानमन्त्री आफैंले रुचि देखाएको ठानिएको छ । अहिले प्रधानमन्त्री जोन्सन मानिसलाई साइकल चलाएर मोटोपना घटाउन उत्प्रेरित गरिरहेका छन् । बेलायतको नर्फक एन्ड नरविच युनिभर्सिटी हस्पिटलमा डायबेटिज एन्ड इन्डोक्राइनोलोजी कन्सल्टेन्ट डा. संकल्प न्यौपाने मोटोपनाले डायबेटिज, मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर), श्वासप्रश्वास समस्या, हाड जोर्नी दुख्ने, क्यान्सर, ब्लड प्रेसर आदि रोगहरू निम्त्याउने बताउँछन् ।

डा. न्यौपानेको भनाइमा मानिसहरूको जीवनशैली परिवर्तन, कसरत कम, खेल्ने ठाउँ अभाव, फास्टफुड खाने बानी, मेसिनको काममा निर्भर, हिँडाइ कम आदिले गर्दा मोटोपना बढिरहेको छ । पश्चिमी देशको तुलनामा नेपाललगायत दक्षिण एसियाली मानिसमा मोटोपनाको जोखिम बढी देख्छन् क्याम्ब्रिज विश्वविद्यालयबाट मधुमेहबारे विद्यावारिधि डा. न्यौपाने । दक्षिण एसियाली मानिसमा मोटोपना निर्धारण गर्ने बीएमआर्ई (बडी मास इन्डेक्स) क्राइटेरिया नै फरक हुने न्यौपानेको भनाइ छ । उचाइमा एडजस्टेड तौलका आधारमा बीएमआई नापिन्छ ।

तौलका आधारमा मात्र मोटोपना मान्न नहुने डा. न्यौपानेले बताए । ‘६ फुटको मानिससँग ५ फुटको मानिसको वजन दाँज्न त भएन नि,’ उनी भन्छन्, ‘अग्लो मान्छेको तौल र होचोको तौल फरक पर्छ ।’ नेपालीलाई मोटोपनाको बढी जोखिम देख्छन् उनी । नेपालीमा ३ वा ४ वटा रोग सँगै जोडिएका पाइएको छ, जसलाई चिकित्सकीय भाषामा ‘मेटाबोलिक सिन्ड्रम’ भनिन्छ । विशेष गरी अहिले नेपालीमा मेटाबोलिक सिन्ड्रम (कम शारीरिक गतिविधि) ले हुने मोटोपना, हाई ब्लड प्रेसर, पेटको बोसो बढी, उच्च कोलस्ट्रोल आदि समस्या एकैचोटि पाइएको छ ।

पेटको बोसो (एबडोमिनल फ्याट) धेरै किसिमका रोगहरूसँग जोडिएको छ । ‘खाएन भने रोग लाग्छ, दुब्लाइन्छ’ भन्ने गलत मानसिकता धेरैमा रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *