लकडाउनले दैनिक उपभोग्य बस्तुमा प्रतिकेजी २० रुपैयाँसम्म मूल्यबृद्धि

समाज

काठमाडौं, २८ चैत । सरकारले लकडाउन जारी गरेसँगै बजारमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि भएको छ । सरकाले बजार अभावका साथै मुल्य नियन्त्रण गर्ने बताउदै आएपनि दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि भएको व्यावसायी तथा ग्राहकहरु बताउछन् ।

व्यवसायी भन्छन्- ‘लकडाउनयता प्रत्येक सामान अनुसार किलोमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म बढेको छ।’ सवारी आवागमन रोक भएकाले ढुवानी भाडा बढ्दा यसको प्रभाव दैनिक उपभोग्य बस्तुको मुल्यमा परेको उनीहरुको भनाइ छ ।

हालको होलसेल बजार भाउ प्रतिकिलो चामल ४ रुपैयाँ, चना १५ रुपैयाँ र केराउमा १० रुपैयाँ बढेको छ । रहरी दाल र खाने तेलको मूल्य पनि त्यही अनुपातमा बढेको छ । उता वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बढी मुल्य लिने पसलहरुलाई कारवाही गरिने बताउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *