खसीको मासु प्रतिकिलो १८ सयमा बेचेपछि आई कालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना ।

समाचार

२८ चैत । काठमाडौं
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खसीको मासु १८ सय प्रतिकिलोमा बेच्ने एक पसलेलाई दुई लाख जरिवाना तिराएको छ ।

राजधानीको शंखमूलस्थित आई कालु मिट सेन्टर कारबाहीमा परेको छ ।
खुसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बेचेका कारण सेन्टरलाई कारबाही गरिएको हो । वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

कोरोना सन्त्रासको मौका छोपेर सो पसलले खसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बेच्दै आएको थाहा पाएपछि विभागको टोलीले छड्के जाँच गरेको थियो ।

सामान्यतथा राजधानीमा खसीको मासु प्रतिकेजी १ हजारदेखि १ हजार २ सय सम्म पर्ने गरेको छ । बजार मुल्य भन्दा लगभग डेढगुना मुल्य लिएर मासु बेचेपछि कालु मिट सप कार्वाहीमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *