उपत्यकामा अस्पताल भरिए, २७ संक्रमित होम आ`इ`सो`लेसनमा।

समाचार

काठमाडौं । पूर्वतयारी र सावधानीका उपाय नअपनाई सरकारले लकडाउन हटाएपछि संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । काठमाडौं उपत्यकामा पछिल्लो समय लक्षणसहितका संक्रमित धेरै देखिइरहेका छन् ।

नेपालमा विहिबारसम्म संक्रमितको संख्या २१ हजार ७ सय नाघिसेको छ । तीमध्ये ६ हजार २ सय ९६ संक्रिय संक्रमित छनु । प्रदेश २ मा सबैभन्दा धेरै २ हजार ६ सय ९३ जना सक्रिय संक्रमित छन् ।

यसैगरी सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको प्रदेशको सूचीमा सुदूरपश्चि दोस्रो स्थानमा छ । त्यहाँ १ हजार ४ सय ९० जना सक्रिय संक्रमित छन् । बागमतीमा ८ सय ३५, प्रदेश ५ मा ३ सय ७७,गण्डकीमा २ सय ८०,प्रदेश १ हजार ३ सय ५८ र कर्णाली प्रदेश सबैभन्दा कम २ सय ६३ जना सक्रिय संक्रमित छन्।

यसरी संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा आइसोलेसन अपुग हुन थालेको छ । सावधानी नअपनाउँदा र संक्रमित बढ्दै जाँदा नेपालमा कोरोनाले महामारीको रुप लिने स्वास्थ्य विज्ञहरु बताउँछनु ।

स्वास्थ्य मन्त्रालय आफैले नै यसरी बढ्दा देशभर आइसोलेसनको र चिकित्सकको अभाव भएर अवस्था भयावह हुनसक्ने चेतावनी दिँदै आएको छ । मन्त्रालयले भनेको छ-‘तीव्र रुपमा स‌ंक्रमण बढिरहे मुलुककै राजधानी काठमाडौंसहितका अस्पतालमा भेन्टिलेटर र आईसीयू नपुग्ने अवस्था देखिएको छ ।

अस्पताल भरिए,संक्रमित घरमा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार काठमाडौंमा मात्रै २७ जना घरमै आइसोलेसनमा बसेका छन् । संक्रमितलाई आइसोलेसनमा राख्ने जति पनि अस्पताल छन्,ती सबै भरिभराउ भएपछि व्यवस्थापन गर्न गाह्रो भएको हो ।

कोरोना पुष्टि भएका र लक्षण नदेखिएका बिरामीलाई घरमा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्न दिएको ईडीसीडीका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।‘कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमित राख्ने आइसोलेसन भएका सीमित अस्पताल भरिएका छन्,’डा.पाण्डेले भने-‘अब नयाँ संक्रमितलाई राख्न अस्पताल थप्नुपर्छ ।’

संक्रमितको उपचारका लागि काठमाडौं उपत्यकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,पाटन अस्पताल,बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल,कीर्तिपुरस्थित आयुर्वेद अस्पताल,दुवाकोटको केएमसी अस्पताललाई तोकिएको छ । तर यी सबै अस्पतालमा निर्माण गरिएका आइसोलेसन अहिले संक्रमितले भरिएका हुन् ।
Source-makalu khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *