कांग्रेस नेता पौडेलको देउवामाथि ‘आवश्यक काम भन्दा पद र विभाग बाँडेर तमाशा देखाएको आरोप ‘

समाचार

काठमाडौं २३ साउन । नेपाली कांग्रेसमा वरिष्ट नेता रामचन्द्र पौडेलले अर्का नेता शेरबहादुर देउवामाथि आवश्यक काम भन्दा विभाग र पदहरु बाँडेर तमाशा देखाएको आरोप लगाएका छन् ।

एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिले पार्टी भित्र विकृती देखा परिरहेकोले यस्तो अवस्थामा पार्टी सञ्चालनमा बाधा पुग्ने हुँदा देशभर रहेका क्रियाशिल सदस्यलाई व्यवस्थित तरिकाले क्रियाशिल सदस्यता बाढ्ँने , जिल्ला जिल्लामा अधिवेशनको तयारी गर्ने काम महाधिवेशनको ६ महिनामा गर्नुपर्ने भएपनि अझैं नसकिएकाले क्रियाशिल सदस्यता छानविन समिति बनाई त्यसको निश्चित खालको संयोनक बनाउनुपर्नेमा पद र विभाग बाँडफाडमा लागेको आरोप लगाएका हुन् ।

शेरबहादुर देउवाको निवासमा भएको बैठकमा देउवाले विधान बाहिर गएर क्रियाशिल सदस्य नवीकरण नगर्ने बताएपनि आफुलाई त्यसमा अझै विश्वास नभएको पौडेलले कार्यक्रममा बताए । कार्यक्रममा अब कांग्रेसमा आउन चाहने मान्छेहरू त उत्साहित नहुने भए नि फेरि ? प्रश्नमा नेता पौडेलले भने, ‘आएकाहरूलाई कांग्रेस नै सबै दिने हो त रु कांग्रेसका पुराना नेताहरूको पनि मर्यादा बचाउनुपर्छ नि । कांग्रेस पार्टीका सिनियर नेताहरूको मर्यादालाई तल पारेर उहाँहरूको सम्मान हुन्छ र रु उहाँहरूलाई सम्मान गर्ने पनि त एउटा तरिका हुन्छ । जो आउनुहुन्छ उहाँहरूलाई उचित किसिमको सम्मान दिने हो तर यहाँको साथीहरूको असम्मान, अपमान नहुने गरी दिने हो’ ।

अहिले देशमा कोरोनाको संक्रमण छ । देश संकटमा गईरहेको छ । दलहरू मारामार गर्ने रु तपाईहरू झगडा गर्ने बेला हो र यो ? भन्ने प्रश्नमा नेता पौडेलले ,’यो झगडा होइन । यो पार्टीलाई शुद्ध बनाएर कम्युनिष्टसँग लड्ने, राष्ट्रिय मुद्दाहरूलाई समाधान गर्ने काम गर्न कांग्रेस बनाउने हो । कांग्रेसलाई सशक्त कांग्रेस बनाउने अभियान छ अहिले ‘ भनेका छन् ।

नेता पौडेलले कोरोना महामारीको यो परिस्थितिमा मैले प्रधानमन्त्रीलाई आफैले भेटि अहिले जो अनशनमा बसे, तिनीहरूको माग मैले प्रधानमन्त्रीलाई पेश गरेको विषय पनि स्पष्ट पारेका छन् । साथै पि।सि।आर परीक्षणको दायरा बढाउनुप¥यो, क्वारेन्टाइन, आइसोलेसन राम्रो बनाउनुप¥यो, भेन्टिलेटरहरू प्रशस्त बनाउनुप¥यो, विरामीहरू राख्ने इमरजेन्सी वार्डहरू राम्रो बनाउनुपर्यो गाउँमा गरिबी छ, तिनलाई त्यही रोजगारीको अवसर सिर्जना गर्नुप¥यो । राज्यको बजेट त्यतातिर एलोकेट गर्नुपर्यो भनी सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *