सञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिता २०७३ पालना गर्न अनलाइन टिभी पत्रकार सङ्घको आह्वान

समाचार

काठमाडौँ । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ ।

बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो । सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ ।

सङ्घले युट्युबरलगायतका अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह पनि गरेको छ । बालगृह सञ्चालिका अधिकारीको बालगृहमा एक्कासी प्रवेश गरेर भाग्य न्यौपाने लगायतका युट्युवरहरुले लिएका अन्तरवार्ताको आलोचना भएका बेला अनलाइन टिभी पत्रकार सङ्घले यस्तो आव्हान गरेको हो । भाग्यले पुष्पासँग एउटै सोफामा अस्वभाविक देखिनेगरी सोधिएका ठाडा प्रश्नहरुको पनि सामाजिक संजाल तथा मिडियामा चर्को आलोचना भइरहेका बेला संघले उनीहरुलाई सचेत रहन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *