काठमाडौं पस्न प्रहरीलाई एक हजार घुस दिन खोज्ने पक्राउ

समाचार

नागढुङ्गामा काठमाडौं पस्न घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीलाई घुस दिन खोज्ने नागार्जुन नगरपालिका ४ घर भएको बताउने ३३ वर्षीय अनिल महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।

उनी बिहीबार बिहान ७ बजे धादिङबाट काठमाडौंतर्फ बा ३ ख ३१०१ नम्बरको सवारी साधनमा आएका थिए। उनीसँग सवारी पास नभएपछि प्रहरीले उनलाई धादिङ तर्फ नै फर्काउन खोजेको थियो।

फतर त्यत्तिकैमा महर्जनले एक हजार रूपैयाँ दिने भन्दै खल्तीबाट रकम झिकेका थिए। त्यसपछि महानगरीय प्रहरी वृत्त, थानकोटले उनलाई पक्राउ गरेको हो।उनीविरूद्द मुलुकी अपराध संहिता २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गरिएको वृत्तले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *