दुखद खबर: बाग्लुङका एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु ।

समाचार

लन्डन। कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको ज्यान गएको छ। पुर्ख्यौली घर बाग्लुङ भएका नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको हो ।उनी मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत आएका थिए ।

बेलायत बस्दाबस्दै खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चल्न थालेपछि उनलाई लण्डनको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो ।१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्य उपचार कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाबाट निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।

उनी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए । उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *