दक्षिण कोरियामा बस्ने नेपालीले पठाएको ४ हजार कोरोना परीक्षण किट काठमाडौं आइपुग्यो ।

समाचार

काठमाडौं- दक्षिण कोरियामा बस्ने नेपालीले पठाएको ४ हजार कोरोना परीक्षण किट काठमाडौं आइपुगेको छ। गैरआवासीय नेपाली संघ आनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले शुक्रबार दिउँसो किटलगायतका स्वास्थ्य सामग्री काठमााडौं आइपुगेको जानकारी दिए। पहिलो चरणमा दक्षिण कोरियाबाट हजार कोरोना परीक्षण किट ४ हजार थान, ४ हजार थान आरएनए परीक्षण किट, ५ सय थान हाइ सेन्सेटिभ कोभिड किट कोरियाबाट कोरियन एअरलाइन्सको विशेष चाटरण विमानमार्फत् काठमाडौं आइपुगेको जानकारी सुवेदीले दिए।

हवाई सेवा बन्द भएकाले केही सामान नेपाल आइपुग्न केही ढिलो भएको उनको भनाइ छ। दिउँसो साढे ४ बजे काठमाडौं विमानस्थलमा स्वास्थ्य सामाग्री आइपुगेको हो। सम्पूर्ण स्वास्थ्य सामाग्री आवश्यक विभिन्न क्षेत्र पहिचान गरी वितरणका लागि भोलि दिउँसो माननीय स्वास्थ मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक औपचारिक कार्यक्रमका विच कोरिया बासि नेपालीहरुको तर्फबाट सहयोग सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिने बताएइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *