रुपन्देहीमा कार दु`र्घटना हुँदा ३ जनाको मृ`त्यु।

समाचार

२४ साउन,बुटवल । रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृ`त्यु भएको छ । एकजना घा`इते भएका छन् ।
लु २ च ६७५६ नम्बरको कार दु`र्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको मृ`त्यु भएको हो ।

मृतक अन्य दुईजनाको पहिचान खुल्न बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।दु`र्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घा`इते भएका छन् ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको सो कार गएराति अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो । दु`र्घटनामा कारमा सवार चारैजना गम्भीर घा`इते भएका थिए । उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पु¥याइएकोमा उपचारको क्रममा ३ जनाको मृ`त्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *