प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

समाचार

२४ साउन, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी प्रधानमन्त्रीका सचिवालय सदस्य तथा कर्मचारीको समेत कोरोना परीक्षण नतिजा नेगेटिभ देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार स्वाब संकलन गरी प्रधानमन्त्रीसहित उनको सम्पर्कमा आइरहने केही व्यक्तिको पीसीआर परीक्षण गरिएको थियो ।प्रधानमन्त्रीसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, कानुनमन्त्री शिवमाया तुङ्बाहाम्फे, विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले भेटेका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरिएको हो । गत साउन १४ गते बालुवाटारमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सहभागी भएका ज्ञानेन्द्र यादवलाई बुधबार साँझ कोरोना पुष्टि भएको थियो ।बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रामबहादुर थापा,सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र प्रहरी महानिरीक्षक शैलेश थापा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *