मुम्बईमा रहेको एक नेपाली परिवारका ८ जनामा कोरोना संक्रमण

समाचार

काठमाडौँ, २९ चैत । भारतको मुम्बईमा बस्दै आएका नेपालीको परिवारमा कोरोना भाइरस संक्रमण फैलिएको छ । एकै पसरवारका ८ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै भारतमा रहेका नेपालीमध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएको नेपाली परिवारमा उक्त संक्रमण देखिएको हो । अछाम घर भएर हाल मुम्बईमा रहेको सो परिवारका २ दाजुभाइ, उनीहरूका श्रीमती र ४ बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । उनीहरु केहीको मुम्बईकै कस्तुरवा अस्पतालमा उपचार भइरहेको छ भने केही आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *