अल्कोहलयुक्त स्यानिटाइजर पिउँदा ४ जनाको मृत्यु !

समाचार

वासिङटन डीसी : स्यानिटाइजर पिउँदा अमेरिकामा ४ जनाको मृ`त्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्य दर्जनभन्दा बढी गम्भीर बिरामी परेका छन् । मे र जुन महिनामा मेथानोल विष भएका कारण १५ जना अस्पताल भर्ना भएका थिए। भर्ना भएका अधिकांशले रक्सीको साटो ह्यान्ड स्यानिटाइजर पिएको हालसालै सार्वजनिक भएको हो । उनीहरूले भाइरस मार्न प्रयोग हुँदै आइरहेको अल्कोहलयुक्त स्यानिटाइजर पिएका थिए ।

उनीहरू अधिकांश २१ देखि ६५ वर्षका पुरुष रहेका थिए । एक अध्ययनका अनुसार स्यानिटाइजर पिउँदा दुष्टि गुम्ने,वाकवाकी आउने,चिडचिडापन हुने तथा मृत्यु समेत हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *