बेलुकी खबर–पछिल्लो २४ घण्टामा थप ३ जनाको मृ`त्यु भयसङै, मृ`त्यु हुनेको संख्या ७३ पुग्यो।

समाचार

काठमाण्डौँं, साउन २४ । नेपालमा कोरोना भाइरसबाट मृ`त्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृ`त्यु भएसँगै संक्रमणबाट मृ`त्यु हुनेको कुल संख्या ७३ पुगेको हो ।

३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते को`रोनाबाट मृ`त्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृ`त्यु भएको हो ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि को`रोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृ`त्यु भएको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृ`त्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *