अरूलाई झुक्याएर पैसा कमाउने भयको भए कारमा हिँड्थे होला–भाग्य न्यौपाने।

समाचार

काठमाडौं, २४ साउन : युट्युबर भाग्य न्यौपाने पछिल्लो समय निकै चर्चामा छन् ।उनले एक बालगृह सञ्चालन गरिरहेकी महिलालाई दिएको १० हजार फिर्ता लिनुका साथै बिना मास्क उनको छेउमा बसेर अन्तवार्तालिएपछि भाग्य निकै चर्चामा रहेका हुन् ।

उनीमाथि विभिन्न प्रकारको दबाब आएको छ । भाग्यले आफूबाट गल्ती भएको र क्षमा मागे पनि कतिपय व्यक्ति अहिले पनि उनको विरुद्धमा लागेका छन् ।

कतिपयले त भाग्यको सम्प्त्तिसमेत छानविबन हुनुपर्ने मागसमेत गरेका छन् । यसैबीच, सो विषयलाई लिएर सामाजिक सञ्जाल तातेपछि उनी बोलेका छन् ।

भाग्यले सम्पतीको नाममा बुबाले बनाउनु भएको घर र एउटा मोटरसाइकल रहेको बताएका छन् । साथै उनले यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए कारमा हिँड्ने हैसियत हुन्थ्यो भन्दै ट्विट गरेका छन् ।

‘सम्पतीको नाममा बुबा ले बनाउनु भएको घर र एउटा मोटरसाइकल छ,’ उनले लेखेका छन्,‘यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए म पनि कारमा हिँड्थे होला नि होइन? समाजसेवा नै मेरो धर्म हो । र,दुःखमा परेकालाई सहयोग गर्नु नै मेरो उद्देश, जय नेपाल ।’

यो अर्को समाचार
हरि कुँवर,अर्घाखाँची – अर्घाखाँचीमा साहासी को अर्को नाम प्रेम खड्का हो जसले आठौं पटक जिउँदै चितुवा समाउन सफल भएका छन । सन्धिखर्क नगरपालिका वडा नम्बर – ४ वाग्लाको टुनिपोखरि छाप भन्ने स्थानमा बँदेल लाई थापेको पासोमा परेको पोथी चितुवा लाई समाउन सफल भएका हुन ।खड्काले चितुवालाई जिउँदै नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका छन।

केहि समय पहिला अर्घाखाँचीमा चितुवाको आ तंक धेरै थियो । चितुवा आ तंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दाले चितुवा पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासनमा निवेदन समेत दिएका थिए ।

यति बेला पनि प्रेम खड्का ले समातेर सम्मान प्राप्त गरेका थिए । करिब साढे ४ फिट लम्बाई र २ फिट उचाई भएको चितुवा डिभिजन वन कार्यालय अर्घाखाँचीमा जिउँदै चितुवालाई बुझाएको कार्यालय सहायक वन अधिकृत शिला पोखरेलले बताइन् । खड्का लाई कार्यालय ले सम्मान समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *