अष्ट्रेलियामा नेपाली विद्यार्थीको रुवाबासी, न खाना छ न पैसा नै छ [भिडियोसहित]

भिडियो

अस्ट्रेलिया । कोरोना भाइरस विश्वभरी नै चिन्ताको विषय बनिसकेको छ । एकातिर भाइरस संक्रमण सर्ने हो की भन्ने चिन्ता छ भने अर्कोतर्फ अब खान नपाएर जीवन जाने हो की भन्ने चिन्ता विश्वभरी नै थपिएको छ । विश्वभरी रोजगारीका अवशर खोसिन थालेका छन् । आर्थिक संकटमा विश्व फसिसकेका छन् । यस्तो अवस्थामा विश्वका धेरै मुलुकमा रोजगारी कटौती, तलब कटौती देखि सेवा सुविधा पुरै कमि हुन थालेका छन् । कतिपय मुलुकमा खाद्यन्न नै अभाव हुन थालेको छ । यही पिडामा विश्वभरी छरिएर रहेका नेपालीहरु पर्न थालिसकेका छन् । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरु यस्तै पिडामा पर्न थालेको खबर बाहिर आएको छ ।

चितवनबाट अध्ययनका लागि एक महिनाअघि सिड्नी गएका मनीष श्रेष्ठले नेपालमा फोन गरेर रोदन व्यक्त गरेका छन् । उनी आफु बसेको घरबाट बाहिर निस्किन नपाएको महिनौँ भइसक्यो । साथीभाइको सहयोगले जेनतेन खाना खाइरहेका उनी आउने दिनमा के गर्ने भन्ने चिन्तामा छन् । अध्ययनकै लागि डेढ महिनाअघि आएकी रश्मिला आचार्य सेल्फ आइसोलेसन बसेकी छन् । गैरआवासीय संघ (एनआरएनए) ले उपलब्ध गराएको सहयोगले खाना जोहो गरेको भए पनि उनी अब के गर्ने अन्योलमा छिन् । सरकारी तथ्यांकअनुसार अस्ट्रेलियामा करिब ५४ हजार नेपाली अध्ययनरत छन् ।

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि अस्ट्रेलियाले स्वास्थ्य क्षेत्र, सुपरमार्केट बाहेकका प्रायः सबै व्यवसाय बन्द र रेस्टुरेन्टलाई ‘टेक अवे’ मा सीमित गरेपछि हजारौं विद्यार्थीले रोजगारी गुमाइसकेका छन् । सरकारले आफ्नो परिवार बाहेकका दुई जनाभन्दा बढी भेला हुन नपाउने भनेपछि न उनीहरूले जागिर खोज्न पाएका छन् न आफ्ना साथीभाइलाई हारगुहार गर्न नै । केही वर्षदेखि यहीँ रहेका विद्यार्थीलाई तत्कालका लागि केही सहज भए पनि भर्खरै आएका विद्यार्थी अहिले आर्थिक र मा नसिक दुवै समस्यामा छन् । यता छिरिसकेपछि काम गरेर शुल्क तिर्ने र आफ्नो जीवन चलाउने सोचेर आएका मध्यमवर्गीय नेपाली विद्यार्थीको समस्या अझ चुलिने देखिएको छ । अहिले त्यहाँको अवस्था कस्तो छ भिडियोमा जस्ताको तस्तै उतारिएको छ । यहाँ क्लिक गरेर भिडियो हेर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *