कोरोना संक्रमणबाट भारतमा १९६ डाक्टरको मृत्यु

अन्तर्राष्ट्रिय

काठमाडौ । इन्डियन मेडिकल एसोसिएसन (आइएएम) ले भारतमा कोरोना संक्रमणबाट १ सय ९६ डाक्टरले ज्यान गुमाइसकेको जनाएको छ । आइएएमले पत्र पठाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस घटनाप्रति ध्यान दिन आग्रह गरेको छ ।

कोरोना महामारीमा डाक्टर असुरक्षामा परेकाप्रति चिन्ता व्यक्त गर्दै आइएएमले प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएको छ ।पत्रमा भनिएको छ– ‘कोभिडका कारण डाक्टर संक्रमित हुने र ज्यान गुमाउने क्रम बढिरहेको छ ।

यसमा धेरै सामान्य चिकित्सक छन् । जोसँग जनताको ठूलो हिस्सालेरुघाखोकी र सम्बन्धित लक्षणबारे सल्लाह लिन्छन् । उनीहरू सम्पर्कको पहिलो माध्यम हुन् । अहिलेसम्म हामीले आफ्ना १९६ डाक्टर गुमाइसकेका छौं ।

सर, के कुरा उल्लेख गर्नु उपयुक्त हुन्छ भने कोरोनाले सरकारी र निजी भनेर छुट्याउँदैन । आइएएमले देशभरका ३ लाख ५० हजार डाक्टरको प्रतिनिधित्व गर्छ ।’

पत्रमा डाक्टर र उनीहरूका परिवारका लागि अस्पतालमा बेड तथा कतिपय अवस्थामा औषधिसमेत नपाएको जस्ता विचलित बनाउने खबर पनि आइरहेको उल्लेख गरिएको छ । पत्रमा लेखिएको छ, ‘कोभिडबाट डाक्टरको मृत्यु हुने क्रम चिन्ताजनक रूपमा बढिरहेको छ ।’

आइएएमले प्रधानमन्त्री मोदीलाई विशेष जोखिम समूहका डाक्टर तथा उनीहरूको परिवारलाई पर्याप्त स्वास्थ्य सुविधाको सुनिश्चित गर्न पनि आग्रह गरेका छन् । साथै उसले एक डाक्टरको ज्यान बचाउनु भनेको हजारौं मानिसको ज्यान बचाउनु हो भनेर पनि पत्रमा लेखेको छ ।

किर्पय माथी follow गर्दिनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *