पेप्सीकोलाको मकैबारीमा जिवितै फ्यालिएका शिशुकि १७ वर्षकी आमाको पनि पत्ता लाग्यो।

समाचार

काठमाडौ । राजधानी काठमाडौमा फेरी अर्का शिशु फालिएको अवस्थामा भेटिएको छ । काठमाडौंको पेप्सीकोलामा शनिबार फालिएको अवस्थामा सालनालसहितको शिशु फेला परेको हो । बिहान पौने ७ बजेतिर पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल पछाडि मकैबारीमा जीवितै शिशु फेला पारिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार उनको आमा पनि पत्ता लागिसकेको छ । उनी मात्र १७ वर्षकी छन् । तर नाम ठेगाना गोप्य राखिएको छ ।

‘बच्चा कोबाट जन्मियो भन्ने अनुसन्धान गरिरहेका छौं,’शनिबार अपराह्न डीएसपी केसीले भने,‘अहिले शिशु र आमा दुवैलाई एक संस्थाको संरक्षणमा राखेका छौं।’बाबु पत्ता लागेपछि जिम्मा लगाउँने प्रहरीको योजना छ । आमा १७ बर्षे मात्र भएकाले अविवाहित भएको खुल्न आएको छ । उनले आफु एक्लै रहेको मात्र भनेकी छिन् । विवाहित अविवाहित केही खुलेको छैन । अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *