वार्षिक एक करोडलाई पशुपति क्षेत्रको भ्रमण गराउने

धर्मकर्म

काठमाडौँ -कोषका सदस्य सचिव डा प्रदीप ढकालले प्रतिदिन २५ देखि ३५ हजारसम्म भक्तजन आउने भएकाले त्यसलाई व्यवस्थापन गर्ने गरी गुरुयोजना तयार पारिएको बताउनुभयो । ठूला चाडपर्वमा पशुपति क्षेत्रमा हुने लाखौँको भीड व्यवस्थापन निकै चुनौतिपूर्ण हुने गरेको उहाँको भनाइ छ ।

“यसका लागि आवश्यक पूर्वाधारको विकास पनि हाम्रो प्राथमिकतामा परेको छ, जस्तै पार्किंग, चमेनागृह, शौचालय, अन्न क्षेत्र, संस्कार गृहजस्ता क्षेत्रको निर्माण जरुरी भएकाले गुरुयोजनामा समुचितरुपमा काम गर्ने गरी प्रस्ताव गरिएको हो, विश्वका धार्मिक स्थल लुम्बिनी–बोधगया–सारनाथ, मक्का–मदिना, भेटिकन सिटीजस्तै गरी पशुपति पनि विश्वका प्रमुख धार्मिक स्थानमध्ये हिन्दू धर्मको एक महत्वपूर्ण स्थानका रूपमा विकास गर्ने सोच गुरुयोजनामा छ”, सदस्य सचिव ढकालले भन्नुभयो ।

विश्वभर फैलिएका एक अर्ब हिन्दूमध्ये वार्षिकरुपमा कम्तीमा एक करोडलाई पशुपति क्षेत्रको भ्रमण गराउने क्षमता निर्माण गर्ने गरी कोषले गुरुयोजना प्रस्ताव गरेको उहाँको भनाइ छ । कोषको यो दोस्रो गुरुयोजना हो । यसअघि पहिलो गुरुयोजना विसं २०५८ देखि २०६८ सम्म लागू भएको थियो । त्यसको समीक्षा हुनुपर्ने माग स्थानीयवासीको छ ।

कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा र कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले आज सार्वजनिक गरिएको ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ पुस्तकको अङ्ग्रेजी अनुवाद गराएर छिट्टै प्रकाशनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा कोषको आधिकारिक वेवसाइट, मोवाइल एप्स, युट्युव च्यानल, ट्वीटरलगायत सोसल मिडिया प्लेटफर्म पनि आजै शुरुवात् गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *