नेपालीका लागि अक्सफोर्डको कोरोना भ्याक्सिन मूल्य ३६० रुपैयाँ मात्र हुनेगरी बिल गेट्सले पैसा तिरिदिने।

स्वास्थ

काठमाडौ । नेपालीहरुका लागि खुशीको खबर आएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन विकास गरेको खबरले विश्व खुशी भइरहेका बेला नेपालीले खरिद गर्न नसक्ने पो हो की भन्ने चिन्ता थियो । तर अब त्यो चिन्ता हराएको छ । उक्त भ्याक्सिन मात्रै ३ डलर प्रतिडोज (३६० नेपाली रुपैयाँ) मा पाउने भएको छ ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले भारत तथा निम्न र मध्यम आय भएका देशहरुको लागि यो मूल्य निर्धारण गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । सिरम इन्स्टिच्युट भ्याक्सिन उत्पादन परिमाणको हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो र यो अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन उत्पादनमा साझेदार छ । उसलाई नेपाल जस्ता निम्न आउ भएका देशमा सस्तोमा भ्याक्सिन दिन विश्वका धनी व्यक्ति बिल गेट्सले पैसा तिरिदिने भएका छन् ।

नेपाल हालैको विश्व बैंकको वर्गीकरणमा निम्न मध्यम आय भएको मुलुकको स्तरमा उक्लिएको छ । त्यसअघि नेपाल निम्न आय भएको मुलुकको रुपमा थियो । नेपाल निम्न मध्यम आय भएको मुलुक भएकोले सिरमले सस्तोमा भ्याक्सिन उपलब्ध गराउने देशको सूचीमा पर्छ । यद्यपि सिरमले आफूले घाटा व्यहोरेर निम्न र मध्यम आय भएका मुलुकलाई सस्तोमा भ्याक्सिन उपलब्ध गराउन लागेको भने होइन । गरिब देशहरुलाई सस्तोमा भ्याक्सिन उपलब्ध गराउन अमेरिकाका अर्बपति बिल गेट्सको संस्थाले सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *