कुवेतमा नुवाकोट घर भएकी एक युबतीको निधन।

समाचार

नुवाकोट। रोजगारीको शिलशिलामा कुवेतको Ecovert Fm Cleaning कम्पनिमा कार्यरत मेघाङ गाउपालिका वडा न. ४ किम्ताङ नुवाकोटकी ३७ बर्षिय पासपोर्ट नम्बर ११०५६१८८ भएको सोनी तामाङ बलको क्यान्सर लागेर निधन भएको छ । कुवेतको फर्वानिया हस्पिटलमा उपचार हुँदा हुँदै ब्लड क्यान्सर भएको पत्ता लागेपछी कुवेतकै KCC क्यान्सर हस्पिटलमा रिफर गरि निरन्तर उपचारको क्रममा बिहीवार अप्रिल ९ तारिक २०२० करिब ४ बजेतिर दुखद निधन भएको जानकारी मृतकको देवर पूर्ण तामाङलर बताए ।

मृतकको नेपालमा श्रीमान, एक छोरा र एक छोरी पनि रहेका छन । मृतक गत डिसेम्बरको अन्तिम सातातिर कुवेत गएकी थिइन । मृतक शब अहिले हस्पिटल रहेको कानुनी प्रकृयाको लागि नेपाली राजदूतावास कुवेत र मृतक कार्यरत कम्पनीसँग कुरा गरिरहेका जानकारी समेत देवर पूर्ण तामाङले दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *