भारतका प्रमुख प्रतिपक्षी नेता राहुल गान्धी आज नेपाल।

समाचार

काठमाडौं– भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी पनि नेपाल आएका छन् ।आज दिउँसो एक बजे आएका गान्धी भोली मानसरोवर दर्शनका लागि जाने बताइएको छ । नेता गान्धी अहिले राजधानीस्थित होटल र्याडिसनमा बसेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमै रहेको बेला भारतका प्रमुख प्रतिपक्षि दलका नेता पनि नेपालमा हुनु संयोग मात्र हो । अध्यक्ष गान्धी भोली नेपालगन्ज हुँदै मानसरोवरका लागि जाने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *