पुलबाट डण्डा खोलामा हाम्फालेकी अधिकारीको यसरी भयो उद्धार

समाचार

रुपन्देही, २५ साउन । यी महिला डन्डा खोलामा हामफालिन् । २४ साउनमा हामफालेकी महिलाको तत्काल उ`द्धार भयो । सशस्त्र प्रहरीले उद्धार गरी उनको जीवन र`क्षा गर्न सफल भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ स्थित डण्डा खोलामा साउन २४ गते पुलबाट हाम्फालेकी २७ बर्षिया पबित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको हो

सशस्त्र प्रहरी बल,नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उ`द्धार गरेको हो । अधिकारीले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै खटिएको एपीएफ टोलीले उनलाई उक्त खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो । अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको छ ।-Photo Source: APF

Leave a Reply

Your email address will not be published. Required fields are marked *