कर्मचारीलाई कोरोनाबाट बचाउन फेसबुकले १००० डलर बोनस दिदै चल्यो यस्तो कदम

जानकारि

कोरोना भाइरसको कारण कम्पनिहरु आफ्नो कर्मचारीको स्वास्थ्यलाई लिएर निकै सचेत रहेका छन्। तर धेरैजसो ईन्टरनेट कम्पनीले कर्मचारीेको स्वास्थ्यको ख्याल गरिरहेका छैनन्।यसै बिच फेसबुकले आफ्नो कर्मचारीको स्वास्थ्यलाई लिएर ठुलो फैसला गरेको छ।

फेसबुकको कर्मचारीहरुलाई अर्को वर्ष सम्म अफिस आउनु पर्ने छैन। फेसबुकले आधिकारिक बयानमा भन्दै, विश्वभरका कर्मचारीलाई Work From Home को अवधि बढाएको छ। यसअघि कम्पनिले आउदो डिसेम्बर सम्म मात्र Work From Home को सुविधा दिएको थियो। तर वर्तमान अवस्थालाई मध्यनजर गरेर फेसबुकले कर्मचारीलाई २०२१, जुलाई सम्म Work from home को सुविधा थपेको छ।

साथै फेसबुकका कर्मचारीले १००० डलर बोनस पनि पाउने भएका छन्। घरबाट काम गर्न अफिसमा चाहिने सामान किन्न कम्पनिले १००० डलर दिने भएको छ।

साथै गुगल र टुइटरका विश्वभरका कर्मचारीले घर बाटै अफिसको काम गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *