बाख्रा गोठमा भिषण आगलागी ३५ बाख्रा जलेर मरे।

समाचार

काठमाडौं,चैत २९ – लकडाउनको समयमा गोठमा भिषण आगलागी हुँदा बाख्रा जलेका छन् ।कालिकोटमा बिहिबार एक गोठमा आगलागी हुँदा ३५ बाख्रा जलेर नष्ट भएका हुन् । तर गोठमा कस्ले आगो लगायो भन्ने बारे केहि जानकारी भएको छैन् ।

कालिकोटको पचालझरना गाउँपालिका९३ स्थित खाद्रुका लोकेन्द्र कठायतको गोठमा आगलागी हुदा ३५ बाख्रा जलेको स्थानियको भनाइ छ । जंगलमा लागेको आगालागी घरमा सल्किएका कारण यो क्षति भएको हो । ३५ बाख्रासंगै घरको सामान पनि जलेर नष्ट भएको बताइएकाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *