कोरोनाबाट बेलायतमा थप एकको निधन, योसंगै बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ८ पुग्यो ।

समाचार

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू क्विन्स गोर्खा याम बहादुर मल(मल्ल) को निधन भएको छ ।बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो ।

स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो ।हस्पिटलमा उपचारकै क्रममा आज बिहान करिब तीन बजेतिर उनको मृत्यु भएको समाजसेवी एवं क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिए ।साथसाथै
उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।

सन् २००४ देखि आफ्ना छोरा बुहारी नारायण मल तथा शान्ता मलका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका मलका तीन छोरी र एक छोरा रहेका छन् ।स्याङ्जा जिल्लाको वालिङ घर भएका मलको यसअघि नै हंगकंगमा वाइपास सर्जरी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *