आखिर किन ओली र दाहालबीच असमझदारी बढ्दै गयो।

समाचार

काठमाडौं, चैत ३० – प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो( डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे।

२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो। दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे। तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन्। मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि बनाएको समितिले अधिकारीसहित डा।राजन खनाल र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको थियो। दाहालका उम्मेदवार श्रेष्ठको नाम सिफारिसमै परेन।

चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके। महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो। योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *