कोरोना भाइरसबाट डोनाल्ड ट्रम्पका साथी स्टानली चेराको मृत्यु

समाचार

एजेन्सी – कोरोनाभाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरैको ज्यान गएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको छ। हो भने हालै ९कोरोनाभाइरस० का कारण ज्यान गुमाउनेको संख्या २० हजार पुगेको छ । त्यस्तै अमेरिकामा स्टानली चेराको शनिबार निधन भएको छ ।

उनको कोरोनाका कारण निधन भएको हो । ७८ वर्षका चेराको केही दिनयता न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा उनको निधन भएको बताइएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या इटलीको नजिक पुगेको तथ्याङ्कमा उल्लेख गरेको छ ।

अमेरिकामा ज्यान जाने चेरा राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकैका मिल्ने साथि समेत रहेको बताइएको छ । द न्यूयोर्क टाइम्सले उल्लेख गरे अनुसार चेरा न्यूयोर्क सिटी छाडेर न्यू जर्सी भएको समयमा कोरोना देखा परेको हो । र अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *