काठमाडौँमा मृतकको संख्या धमाधम बढीरहेको छ !

समाचार

काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौँमा मृतकको संख्या धमाधम बढीरहेको छ । कोरोनाका बिरामीहरु अस्पतालमा उपचारका क्रममा ज्यान जाने क्रम बढेका बेला ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा फेरी अकी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

राजधानीको टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले बताए । ति महिलामा मृत्युपछि कोरोनाको पुष्टि भएको हो । साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर भएकी उनमा ज्वरो, पखाला र वान्ता, लगायतका समस्या देखिएको अस्पतालले जनाएको छ । उनको ‘आईसीयुमा राखेर उपचार गर्दागर्दै ज्यान गएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *