सारै दुःखद खबर; बाँकेमा कोरोना सङ्क्रमित महिला, बाट जन्मिएको “नवजात” शिशु मृ त्यु…

समाचार

कोहलपुर – नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृ त्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृ त्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

भेरी अस्पतालमा भर्ना हुुनुभएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो । सो महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्म दिनुभएको थियो ।

मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शिशुको मृ त्यु भएको र आमाबुुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिनुभयो ।

वीरगन्ज, २७ साउन । कोरोना संक्रमण भइ निको भएर घर फर्किएको ७५ दिन पछी पुन:कोरोना संक्रमण देखिएको छ ।

बिरगंजको नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया स्टाफ नर्स अढाई महिना पछी फेरि संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

ति महिला नारायणी अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत रहेकी छन । उनलाई हल्का खोकी लागेपछि कोरोनाको आशंकामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । गत बैशाख १४ गते देखि कोरोना संक्रमीतको उपचारमा खटिएकी उनलाई पहिलो पटक वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण भएपछि नारायणी अस्पतालकै आइसोलेसनमा १३ दिन राखेर उपचार गरेर दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ १२ गते उनि डिस्चार्ज भएकी थिइन ।

उनि अस्पतालबाट डिस्चार्ज भएपछि १ महिनाको विदा लिएर घर बसी काममा फर्केकी थिइन्। तर यति लामो समय पछी पुन: उनलाई कोरोना संक्रमण देखिए पछि फेरी आइसोलेसनमा बसेकी छन ।

संभवत साढे २ महिना पछि फेरि संक्रमण देखिएको नेपालमा यो नै पहिलो घटना हुन सक्ने अस्पताल स्रोतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *