सुनको मुल्य एकैदिनमा ६ हजार २ सय घट्यो !

समाचार

काठमाण्डौं, साउन २८ । गत आइतबारदेखि घट्न थालेको सुनको मूल्य आज ह्वात्तै घटेको छ ।

आज छापावाल सुन प्रतितोला अघिल्लो दिन भन्दा ६ हजार २०० रुपैयाँ घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *