प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि

समाचार

२८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार नयाँ संक्रमित चालकले सचिवालयका सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउँथे । यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उनको परीक्षण गरिएको थिएन ।
नयाँ संक्रमित भेटिएसँगै प्रचण्डका सचिवालय सदस्यहरुको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *