काठमाडौं उत्यकामा एकैदिन १ सय ३८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि

समाचार

काठमाडौँ, २८ साउन ।  काठमाडौं उत्यकामा एकैदिन १ सय ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमितहरु मध्य काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।

त्यस्तै आज देशभर थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यो संगै अहिले सम्म १६ हजार ७२८ निको भएका छन् । अहिले सम्म कोरोना भाइरस संक्रमणबाट ९१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *