ओली-दाहाल छलफल सकियो, छलफल समाधान उन्मुख

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ । १० दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानी समाधानउमन्मुख रहेको बताइएको छ ।

“आजको भेटवार्ता सकिएको छ । छलफल समाधान उन्मुख छ । भोलि पनि वार्ता जारी राख्ने समझदारी बनेको छ,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ओली–प्रचण्डबीच गत साउन २० गतेपछि वार्ता हुन सकेको थिएन । २१ गते साँझ ५ गते वार्ता तय भएको भए पनि त्यसदिन प्रचण्ड समूहले काठमाडौंको प्रेसिडेन्सियल कलेजमा पत्रकार भेला राखेपछि छलफल भाँडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *