पशुपतिबाट भारतीय भ`ट्ट हटाउनुपर्छ’ भन्दा मलाई ज्या`न मा र्ने ध`म्की आयो– धार्मिक अभियन्ता विश्व भक्त भुमी।

समाचार

काठमाडौँ,२९ साउन । धार्मिक अभियन्ता विश्व भक्त भुमीलाई ज्या`न मा’र्ने ध म्की दिइएको छ । आफूलाई सामाजिक सञ्जालमार्फत् ध म्की आएको भन्दै उनले तत्काल सु’रक्षा प्रदान गरी छानविन समेत गर्न माग गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विश्वभक्त भुमीले पशुपतिबाट भारतीय भ`ट्ट हटाउने माग रोखपछि ज्यान मा’र्ने ध’म्की आएको बताएका हुन् । उनले उक्त विषयमा सरकारलाई गम्भीर भई सम्पूर्ण बाबाहरुको रक्षाका निम्ति सरकारलाई ठोस कदम चाल्न आवश्यक रहेको समेत बताए ।

‘पशुपतिबाट भ`ट्टा हटाउनुपर्ने माग राखेपछि ध’म्की आउन थालेको छ,’भूमीले भने,‘मलाई सामाजिक सञ्जालमार्फत् ज्या’न मा’र्ने ध`म्की आएको छ ।’विश्वभक्त भुमीले भारतीय पत्रकारहरुले आफ्नो भिडियामा पशुपतिको मूल तस्बिर खिचेर प्रसारण गरेकोमा उनले आपत्ती व्यक्त गरेका छन् ।

नेपालका पत्रकारले मूल तस्बिर खिच्न नपाउने तर बाहिरी देशका पत्रकारहरुले हाम्रो मूल मान्यता रहेको पशुपतिमा गई तस्बिर खिचेको भन्दै आपत्ती जनाएका हुन् । उनले भने,‘हाम्रो देशभित्र बाहिरी ह’स्तक्षेप भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराउँछु ।’

यस विषयमा सरकार गम्भीर रुपमा प्रस्तुत हुनुपर्नेमा उनको जोड थियो । पशुपति परिसर भित्र सम्पूर्ण बाबाहरुले खुलस्त रुपमा आफ्नो पूजा पाठ गर्न पाउने प्रति समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *