कोइ सांसद यस्ता पनि हुदा रैछ्न।सांसद आलेको अस्पताल दौडाहा, बिरामी भेट्दै पैसा दिँदै !

समाचार

२९ साउन, काठमाडौं । कोरोना महामारीकै वीचमा डोटीका सांसद प्रेम आले विहीबार दिनभर विभिन्न अस्पतालको दौडाहामा निस्किए
विहीबार बिहान वीर अस्पताल पुगेका सांसद आलेले गृहजिल्ला डोटीको केआइसिंह गाउँपालिकाका वडा नम्बर ३ का ८ वर्षीय बालक प्रविन जोशीलाई भेटेर स्वास्थ्य स्थितिको जानकारी लिए ।

मतिष्क रोगबाट पीडित जोशीको उपचारका लागि उनले पिता भीमराज जोशीको हातमा १० हजार थमाइदिए ।वीर अस्पतालबाट निस्किएका आलो अपरान्ह १२ बजे ललितपुरको सुमेरु अस्पताल पुगेर डोटीकै आदर्श गाउँपालिका ६ का वडा अध्यक्ष लालबहादुर खडायतलाई भेटे ।

आर्थिक अवस्था कमजोर रहेका वडाध्यक्षलाई २५ हजार नगद सहयोग गरेर उनी ट्रमा सेन्टर पुगे ।अपरान्ह ४ बजे राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर भारतमा मजदूरी गर्ने क्रममा ढाड भाँचिएर उपचार गराइरहेका ३५ वर्षीया खगी बिकलाई १५ हजार रुपैया सहयोग प्रदान गरे ।

सोही दिन सांसद आलेले आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौका घर भएका मृगौला पीडितकी श्रीमती राजमती देवी खडायतलाई १५ हजार नगद सहयोग गरेर फर्किए ।जिल्लाका जनता बिरामी परेपछि आफूले सकेसम्म सबै बिरामीलाई भेटेर सहयोग गर्ने गरेको सांसद आलेले बताए ।

नेकपा डोटी जिल्ला इञ्चार्जसमेत रहेका आलेले बिरामीलाई भेटेर सान्त्वना दिँदा पनि उनीहरुलाई ढाडस मिल्ने भन्दै आफूले सकेको आर्थिक सहयोग पनि गर्ने गरेको बताए ।सांसद भएवापत प्राप्त तलब भत्ता लगायतको स्रोतबाट प्राप्त रकम जिल्लाबासीका व्यक्तिगत समस्या समाधानमा लगाउने गरेको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *