सिन्धुपाल्चोक पहिरो : ठूलो मानवीय क्षतिको आशंका

समाचार

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन।

खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताइएको छ । लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए।

प्रहरी टोली घटनास्थल जाँदै गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । के कति क्षति भयो भन्ने बारेमा प्रहरी घटनास्थल पुगेपछि थाहा हुने बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *