क्यानाडामा ३ वर्षीय नेपाली बालकको दुर्घटनामा परी दुखद निधन

समाचार

काठमाडौं-क्यानाडामा एक नेपाली बालकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय नेपाली बालक रायन भट्टराई रहेका छन् । दुर्घटना गत मंगलबार टोरोन्टो–इटोविकोमा भएको थियो । दुर्घटनामा इटोविको निवासी रमेश भट्टराई र सविना पाठकका छोरा रायनको मृत्यु भएको हो । ट्राफिक सिग्नलमा क्रस गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

बाबु रमेशले छोरा रायन र छोरी तारालाई सँगै लिएर बाटो क्रस गर्दै थिए । सोही बेला एक स्थानीय ८२ वर्षीया वृद्धाले चलाएको कारले उनीहरुलाई ठक्कर दिएको बताइएको छ । बाबु रमेश र ७ वर्षीय छोरी तारा घाइते भएका छन्। रायनको मृत्युले सिंगो क्यानाडाबासी नेपाली समुदाय शोकमा डुबैको छ । भट्टराई परिवार नेपालको चितवनका स्थायी निवासी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *